सैनिक मञ्च टुँडिखेलमा मनाईयो गणतन्त्र दिवस

काठमाडौं,जेठ १५ । आज १७औं गणतन्त्र दिवस देशव्यापी रुपमा धुमधामसाथ मनाईएको छ । यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सहभागी थिए ।
सो क्रममा प्रधानमन्त्री ओलीले युवाहरूलाई राजतन्त्र र गणतन्त्र आएपछि देशमा भएको विकास सूचकाङ्क तुलना गरेर हेर्न आग्रह गरे । उनले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाएर मुलुकलाई प्रगतिको बाटोमा लैजान चाहेको सुनाए । निरङ्कुश राजतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने अहिले समाजको आजको बहस नभएको उनको टिप्पणी छ । राज्यका अङ्ग र अन्य क्षेत्रमा समेत जिम्मेवारीमा रहेका व्यक्तिहरूको आचरण र व्यवहारमा सुधार गर्नुपर्नेमा भने उनले जोड दिए ।