गणतन्त्र दिवसको अवसरमा शिवपुरी गाउँपालिकामा र्‍याली सहित विशेष कार्यक्रम



नुवाकोट,जेठ १५ ।”गणतन्त्रलाई संस्थागत गरौं, जिम्मेवार नागरिकको दायित्व पूरा गरौं” भन्ने नाराका साथ शिवपुरी गाउँपालिकामा गणतन्त्र दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ। कार्यक्रममा नेपालको संविधानत अनुसार पुरानो झण्डालाई सम्मानपूर्वक स्थानान्तरण गरी नयाँ राष्ट्रिय झण्डा राखिएको थियो।

शिवपुरी गाउँपालिका कार्यालयबाट शेराबगर प्रहरी पोस्ट हुँदै कृषि उपज संकलन केन्द्रसम्म र्‍याली सहित पदयात्रा गरिएको थियो। उक्त स्थानमै एक विशेष सभाको आयोजना गरिएको थियो।

कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष वीरबहादुर तामाङ, प्रवक्ता चन्द्रबहादुर गुरुङ, वडा नं. ५, ६, ७ र ८ का वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, गाउँपालिकाका शाखा कार्यालय प्रमुखहरू, स्थानीय बासिन्दा, प्रहरी, पत्रकार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन शिवपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्