अर्थमन्त्री पौडेलद्वारा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत

काठमाडौं, जेठ १५। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन्। आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उनले बजेट वाचन सुरु गरेका हुन्।
संविधान अनुसार जेठ १५ गतेभित्र सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुसार अर्थमन्त्री पौडेलले नयाँ बजेट प्रस्तुत गरेका हुन्। बजेटले मुलुकको आर्थिक सुधार, पूर्वाधार विकास, सामाजिक सुरक्षा, रोजगार सिर्जना, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
यसअघि नै सरकारले आगामी वर्षका लागि नीतिगत तथा कार्यक्रमगत दस्तावेज सार्वजनिक गरिसकेको छ भने आज बजेटमार्फत त्यसको कार्यान्वयनका लागि आवश्यक आर्थिक खाका प्रस्तुत गरिएको हो।