सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन



काठमाडौं,जेठ १५ । सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थतन्त्र सुदृढ पार्न र वातावरण संरक्षणमा जोड दिन सरकारले यो रकम छुट्याएको हो। बिहीबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार उक्त बजेट जलवायु परिवर्तन न्यूनीकरण, वन संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा हरित विकास कार्यक्रमहरूमा खर्च गरिनेछ।

प्रतिक्रिया दिनुहोस्