शिक्षा मन्त्रालयको लागि २ खर्ब ११ अर्बको बजेट विनियोजन



काठमाडौं, जेठ १५— सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संघीय संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम शिक्षा क्षेत्रको समग्र सुधारका लागि छुट्याइएको जानकारी दिएका हुन्।

उनका अनुसार शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार, प्रविधिको प्रयोगमा जोड, तथा अनुसन्धानमा लगानीलाई प्राथमिकतामा राखिएको छ। विद्यालय, प्राविधिक शिक्षालय, उच्च शिक्षालय तथा अनुसन्धान संस्थानलाई प्रभावकारी बनाउन आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ।

अर्थमन्त्री पौडेलले बजेटमार्फत सरकारी विद्यालयको पूर्वाधार सुदृढीकरण, डिजिटल शिक्षाको प्रवर्द्धन, शिक्षक तालिम र शिक्षाको पहुँच विस्तारमा विशेष कार्यक्रम ल्याइने पनि बताए।

प्रतिक्रिया दिनुहोस्