सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन



काठमाडौं, जेठ १६ — आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

बुधवार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् । उनले वृद्धभत्ता, अपांगता भत्ता, विधवा भत्ता, एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षाका सबै कार्यक्रमलाई निरन्तरता दिइने स्पष्ट गरे।

“सामाजिक सुरक्षालाई राज्यको मूल दायित्वका रूपमा लिँदै सबै वर्ग, समुदाय र अवस्थाका नागरिकलाई लक्षित गरी प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ,” अर्थमन्त्री पौडेलले संसदमा भने, “यसका लागि आगामी वर्षमा एक खर्ब नौ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।”

सरकारले सामाजिक सुरक्षालाई समावेशी विकासको मेरुदण्डको रूपमा लिँदै आएको छ। यसका लागि छुट्याइएको बजेट विगत वर्षको तुलनामा केही वृद्धि भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्