खोलामा डुबेर दुई बालकको ज्यान गयो

कास्की,जेठ १५ । कास्कीको पोखरा महानगरपालिका–२५, हेमजास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ ।
कास्कीकै माछापुच्छ्रे गाउँपालिका वडा ६ का १४ वर्षीय विशाल परियार र सोही ठाउँका १३ वर्षीय विवश परियारको डुबेर ज्यान गएको हो ।
बिहीबार दिउँसो पौने २ बजेतिर डुबेका दुवै बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले बाहिर निकालेको थियो । घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट खटिएको गोताखोर सहितको टोलीले सवा २ बजे विवश र ३ बजेतिर विशालको शव निकालेको गणपति प्रहरी उपरीक्षक सूर्य तिमिल्सिनाले जानकारी दिए ।