गल्छी–रसुवागढी सडक स्तरोन्नतीका लागि २ अर्ब ५६ करोड विनियोजन

काठमाडौं,जेठ १५ । सरकारले गल्छी–रसुवागढी सडक स्तरोन्नतीका लागि २ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको छ।
बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यो जानकारी दिएका हुन्। उनले सडक पूर्वाधार सुधारलाई प्राथमिकता दिँदै महत्वपूर्ण मार्गहरूको स्तरोन्नतीमा जोड दिएको उल्लेख गरे।
गल्छी–रसुवागढी सडक मार्ग राजधानी काठमाडौंलाई चीनको सीमा नाका रसुवागढीसँग जोड्ने प्रमुख राजमार्ग हो। यो मार्ग व्यापार, पर्यटन तथा पारवहन दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ।
अर्थमन्त्री पौडेलका अनुसार बजेटमार्फत भौतिक पूर्वाधारको स्तरोन्नती तथा यातायात सुविधामा सुधार ल्याउने लक्ष्य लिइएको छ। सरकारले आगामी वर्षभित्रै गल्छी–रसुवागढी सडक खण्डको स्तरोन्नती कार्य अघि बढाउने योजना बनाएको छ।