सरकारद्वारा महँगी भत्ता पाँच हजार रुपैयाँले वृद्धि

काठमाडौं, जेठ १५ । सरकारले कर्मचारीहरूको महँगी भत्ता पाँच हजार रुपैयाँले वृद्धि गरेको छ।
बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन्।
बजेट भाषणमार्फत अर्थमन्त्री पौडेलले महँगीको वर्तमान अवस्थालाई ध्यानमा राख्दै कर्मचारीहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले महँगी भत्ता वृद्धि गरिएको जानकारी दिएका छन्।
सरकारको यो निर्णयले निजामती सेवाका कर्मचारीहरूलाई राहत पुग्ने विश्वास गरिएको छ।