शिवपुरी गाउँपालिका महिला संघको अधिवेशन सम्पन्न, पार्वती थपलिया पालिका संयोजकमा चयन

नुवाकोट,जेठ १५ – शिवपुरी गाउँपालिका महिला संघको पालिका अधिवेशन सम्पन्न भएको छ। बिहीबार सेराबगरस्थित कृषि भवनमा सम्पन्न अधिवेशनबाट पार्वती थपलिया पालिका संयोजकमा चयन भएकी छन्।
अधिवेशनमार्फत गाउँपालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व गर्ने गरी वडा संयोजकहरू पनि चयन गरिएको छ। वडा संयोजकहरूमा ईन्दिरा न्यौपाने, सुनिता श्रेष्ठ, निर्मला भण्डारी, रामदेवी श्रेष्ठ, कविता ढुंगाना, अप्सरा वखती, ज्ञानी खतिवडा पाण्डे र भरतकुमारी थापा चयन भएका छन्।
कार्यक्रममा बोल्दै सहभागीहरूले महिलाहरूको नेतृत्व विकास र स्थानीय तहमा उनीहरूको सक्रिय सहभागिता अझ सशक्त बनाउन संघले खेल्ने भूमिकाको चर्चा गरेका थिए। नयाँ नेतृत्वले महिलाको हकहितका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।