‘चनौटे-चौलाने-गहटे-साहुँगाउँ सडक’को कालोपत्रे कार्यको नगरप्रमुखद्वारा स्थलगत अवलोकन

विदुर, जेठ १६ –विदुर नगरपालिका–७ अन्तर्गतको ‘चनौटे-चौलाने-गहटे-साहुँगाउँ सडक’को स्तरउन्नतीसहित कालोपत्रे कार्य भइरहेको छ। यही विकास आयोजनाको स्थलगत अवलोकन शुक्रबार विदुर नगरपालिकाका नगरप्रमुख श्री राजन श्रेष्ठले गरेका छन् ।
सडक अवलोकनको अवसरमा वडा नं ७ का वडा अध्यक्ष एवं नगर प्रवक्ता रबिन्द्र नेपाल, प्राविधिक टिमका सदस्यहरू तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उक्त सडक बागमती प्रदेश सरकार र विदुर नगरपालिकाको साझेदारीमा प्रदेश समपुरक अनुदान कार्यक्रम अन्तरगत एक करोड ७४ लाख रुपैयाँको लागतमा निर्माणाधीन छ। सडक स्तरोन्नति तथा कालोपत्रे भएपछि यस क्षेत्रका स्थानीयवासीहरूलाई सहज आवागमन र आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।