सरकारले चिनीसँगै सखर र मिश्रीको भन्सार घटायो, उद्योगीले घटाउलान त मूल्य ?

काठमाडौं,जेठ १६ । सरकारले चिनीको भन्सार १५ प्रतिशतले घटाएको छ । सार्क मुलुकबाट १५ प्रतिशत र तेस्रो मुलुकबाट आयात हुने चिनीको भन्सार ३० प्रतिशत रहेको शुल्कलाई घटाएर अब १५ प्रतिशतमा ल्याएको हो ।
चिनीसँगै सखर र मिश्रीको भन्सार पनि घटेको छ । सखर र मिश्रीको भन्सार पनि ३० प्रतिशतबाट घटाएर १५ पतिशत नै बनाइएको हो ।
अब आफ्नै स्वेदेशी चिनी उद्योगको संरक्षण गर्ने भन्दै सरकारले भन्सार बढाएको थियो तर, उद्योगीले कालोबजारी गरि थोक मूल्य भन्दा धेरै मुल्यमा बेच्दा उपभोक्ताहरु पीडित भएका थिए ।
भन्सार बढाएसँगै चिनी उद्योगले भन्सार बढाएर आयात भएको मूल्य बराबर नै चिनीको मूल्य पुर्याउँदा उपभोक्ताहरु मारमा परेका थिए । सो अनुसार अब सरकारले चिनीको बजार भाउ १५ प्रतिशत घटाएको हो ।