गृहमन्त्रीले राजीनामा नदिएसम्म माओवादीले सदन चल्न नदिने



काठमाडौं,जेठ १६ । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद्को अवरोध जारी राख्ने निर्णय गरेको छ ।

खुमलटारमा बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेस गर्नको लागि अवरोध नगरेको भए पनि अब बैठक चल्न नदिने माओवादीको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्