नुवाकोटको लिखु, शिवपुरी, पञ्चकन्या, तादी र सुर्यगढीका विभिन्न क्षेत्रमा भोलि विद्युत् बन्द

नुवाकोट, जेठ १६– नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले जेठ १७ गते शनिबारका दिन बिहान ७ बजेदेखि दिउँसो ११:३० बजेसम्म नुवाकोटका विभिन्न स्थानहरूमा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ।
प्राधिकरणका अनुसार देविघाट सबस्टेशनबाट चौघडा सबस्टेशनतर्फ गएका ३३ केभी लाइनको बुस कटिङ तथा मर्मत कार्य गरिनु पर्ने भएकाले विद्युत् आपूर्ति रोकिने भएको हो। मर्मत कार्य सम्पन्न गर्नका लागि चौघडा सबस्टेशनबाट वितरण भएका विभिन्न लाइनहरू बन्द गरिने प्राधिकरणले जनाएको छ।
विद्युत् आपूर्ति बन्द हुने स्थानहरूमा शिवपुरी गाउँपालिकाको वडा नं. ५ बाहेक सम्पूर्ण वडाहरू, तादी गाउँपालिकाको वडा नं.६, लिखु गाउँपालिकाको ३, ४, ५ र ६,पञ्चकन्याको २ र ५ र सुर्यगढी गाउँपालिकाको वडा नं. १ रहेका छन्।
नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका अनुसार निर्धारित समयभन्दा अगावै मर्मत कार्य सम्पन्न भएमा लाइन समयमै सुचारु गरिनेछ। साथै, यस कार्यबाट सिर्जना हुन सक्ने असुविधाप्रति प्राधिकरणले क्षमाप्रार्थना गरेको छ।
