सुन्दरी क्यौरिनी माविमा कक्षा ८ उर्तिण विद्यार्थीको सम्मान तथा ‘गेट टुगेदर’ कार्यक्रम



विदुर, जेठ १६ – विदुर नगरपालिका–१० मा अवस्थित सुन्दरी क्यौरिनी माध्यमिक विद्यालयमा कक्षा ८ उर्तिण गरी कक्षा ९ मा भर्ना भएका विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन स्वरूप ‘गेट टुगेदर’ कार्यक्रमको आयोजना गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन मिजारको व्यक्तिगत पहलमा आयोजित उक्त कार्यक्रममा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ ज्यूको विशेष उपस्थिति रहेको थियो। नगरप्रमुख श्रेष्ठले विद्यार्थीहरूलाई अध्ययनमा अझ मेहनत गर्न प्रेरित गर्दै भविष्यमा अझ उत्कृष्ट नतिजा ल्याउन हौसला प्रदान गरे ।

पालिकास्तरीय परीक्षामा सो विद्यालयका विद्यार्थी सुयोग नेपालले ३.९८ जीपीए सहित दोश्रो स्थान हासिल गर्दै विद्यालयको गौरव बढाएका छन् । यस परीक्षामा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरू शतप्रतिशत उर्तिण भएका छन्, जुन विद्यालयको शैक्षिक गुणस्तर र प्रतिबद्धतालाई झल्काउने महत्वपूर्ण उपलब्धि हो।

कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्