जनतामा देखिएको असन्तुष्टि र आक्रोश गणतन्त्रप्रति होइन सरकारतर्फ हो -प्रचण्ड



नुवाकोट,जेठ १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा देखिएको असन्तुष्टि र आक्रोश गणतन्त्रप्रति नभएको बताएका छन् ।

नुवाकोटको सूर्यगढी गाउँपालिका- ३ स्थित वागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्तीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तर जनतामा देखिएको आक्रोश गणतन्त्रप्रतिको भनाइ नेता र नेतृत्वहरूको कारणले भएको बताएका हुन्  ।

‘जनतामा देखिएको असन्तुष्टि र आक्रोश गणतन्त्रप्रति होइन । कतिपय नेताहरूले भ्रष्टाचारीको संरक्षण, विभेद गर्नेलाई संरक्षण गर्न खोजेको देख्दा जनता वाक्क छन् । आर्थिक समृद्धि जनअपेक्षाअनुसार हुन सकेको छैन, तर जनतामा देखिएको आक्रोश गणतन्त्रप्रति होइन, नेता र नेतृत्वहरूको कारणले हो ।’  प्रचण्डले भने।

नेपाली जनता पछि हटेर फेरि वंशवादी, नेपाललाई गरिब देश बनाउने, हत्या र बलात्कार गर्नेहरूले फेरि आएर देश बनाउँछन् भन्ने कुरामा कुनै सत्यता नभएको दाबी गर्दै उनले शान्ति सम्झौता र गणतन्त्रका पक्षधर एक ठाउँमा आएर खबरदारी गर्नेबित्तिकै राजावादीहरूको केही नरहने बताए ।

प्रतिक्रिया दिनुहोस्