दुप्चेश्वर महादेव मन्दिरमा एक दिनमै एक लाख छपन्न हजार बढी भेटी संकलन



नुवाकोट,जेठ १७ ।  जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिरमा एक दिनमै एक लाख छपन्न हजार बढी भेटी संकलन भएको छ । दुप्चेश्वर महादेव धाममा भक्तजनद्वारा चढाइएको भेटीबाट एक लाख छपन्न हजार आठ सय पैँतीस रुपैयाँ संकलन भएको हो ।

शनिबार मध्यान्ह आरती विशेष रुपमा सम्पन्न भएपछि भेटी गणना सुरु गरिएको थियोे । जसमा साठी हजार आठ सय नगद भेटी साथै डिजिटल माध्यम (QR ) कोडमार्फत रु बाह्र सय पन्ध्र रुपैयाँ प्राप्त भएको जानकारी दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले दिएका छन्।

भेटी गणनाको कार्य नियमित रूपमा प्रत्येक दिन बेलुका ५ बजे दुप्चेश्वर महादेव मन्दिर परिसरमा गरिँदै आएको छ। यस कार्यमा समय अनुकूल हुने समस्त श्रद्धालु महानुभावहरूलाई सहभागी हुन दुप्चेश्वर क्षेत्र विकास कोषले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्