सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबीच छलफल

काठमाडौं,असार ५ । पछिल्लो समसामयिक राजनीतिक विषयमा २ प्रमुख सत्तारुढ दलका शीर्षनेतावीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवावीचको छलफल भएको हो ।
संसदमा रास्वपा र राप्रपाको जारी विरोध तथा अन्य राजनितिक परिस्थितिवारे दुई शीर्षनेतावीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
तीन दलका शीर्षनेतावीच छलफल हुने भनिएकोमा माओवादी केन्द्रका अध्यक्ष उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी भएका छैनन् ।
बैठकमा एमालेवाट अर्थमन्त्री विष्णु पौडेल, कांग्रेसवाट उपसभापति पूर्ण बहादुर खड्का महामन्त्री गगन थापा त्यसतै गृहमन्त्री रमेश लेखक परराष्ट्रमन्त्रि आरज् राणा , उर्जा मन्त्री दीपक खड्का सहभागिता रहनु भएको छ ।