बिहिबार सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?



काठमाडौं,असार ५। बिहिबार नेपाली बजारमा सुनकाे मूल्य सामन्य घटेकाे छ । हिजाे ताेलामा ९०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा २५ रूपैयाँले घटेकाे छ । यसअघि बुधबार तोलामा २ हजार २२५ रुपैयाँ तोकिएको चाँदीको मूल्य बिहिबार २ हजार २०० रूपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्