नेकपा माओवादी केन्द्र विदुर नगर समितिले बुझायो नगरपालिकालाई ज्ञापनपत्र

नुवाकोट,असार ५ — नेकपा माओवादी केन्द्र विदुर नगर समितिको तर्फबाट विदुर नगरपालिकालाई समृद्ध नगर निर्माणको लक्ष्यसहित निति, कार्यक्रम तथा बजेटमा जनताको आवश्यकता सम्बोधन हुने गरी समाजवाद उन्मुख दृष्टिकोण समावेश गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको छ।
नगर समितिले नगरका प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीलाई विविध विषयवस्तु समेटिएको सुझावसहितको ज्ञापनपत्र हस्तान्तरण गरेको हो। ज्ञापनपत्रमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का निति, कार्यक्रम र बजेटमा जनताको प्रत्यक्ष हित हुने कार्यक्रम समावेश गर्न आग्रह गरिएको छ।
राजनीतिक दलको हैसियतले पेस गरिएको उक्त ज्ञापनपत्रलाई नगर प्रमुख श्रेष्ठ र उपप्रमुख बोगटीले सकारात्मक रुपमा लिएको र प्राप्त सुझावहरुलाई आगामी वर्षको योजनामा समावेश गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेकपा माओवादी केन्द्र विदुर नगर समितिका अध्यक्ष भोजराज पनेरुका अनुसार उक्त ज्ञापनपत्र जनताको आवाज र आवश्यकताको आधारमा तयार पारिएको हो।