नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो

काठमाडौं,असार ६ । स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।
स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा नेपालको यो दोस्रो जित हो । नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । ५१ बल खेलेका उनले ६ चौका प्रहार गरे । त्यस्तै आरिफ शेखले ३९ रन बनाए भने भीम सार्कीले २७ रन जोडे
स्कटल्याण्ड्सको ग्लासगोमा नेपालले टस जितेर पहिला बलिङ रोजेको थियो । मङ्गलबार भएको खेलमा नेपालले स्कटल्याण्ड्सलाई २ विकेटले पराजित गरेको थियो ।
त्यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्सले भने यस शृङ्खलामा दुई जित निकालेको छ ।
आइतबार घरेलु टोली स्कटल्याण्डसँग नेदरल्याण्ड्स ३९ रनले पराजित भएको थियो । त्यसपछि नेदरल्याण्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेको थियो भने बुधबार भएको खेलमा स्कटल्याण्ड्सलाई १७ रनले हराएको थियो ।