लिखुको नारायणदेवी माविमा डेंगु सम्बन्धी विद्यालय शिक्षा तथा अभिमुखीकरण सम्पन्न

नुवाकोट,असार ६ — लिखु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिहीबार नारायणदेवी माध्यमिक विद्यालय, लिखु–१ मा डेंगु रोग सम्बन्धी विद्यालय शिक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा विद्यालय परिवारका शिक्षक, विद्यार्थी तथा अभिभावकहरू समेतको उपस्थिति रहेको थियो। स्वास्थ्य शाखाबाट आएका स्वास्थ्यकर्मीहरूले डेंगु रोगको लक्षण, रोकथाम, नियन्त्रणका उपायहरूका साथै व्यक्तिगत सरसफाइको महत्त्वबारे जानकारी गराएका थिए।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनु हुने विद्यालय परिवार, विद्यार्थी दाजुभाइ तथा दिदीबहिनीहरू सबैप्रति आयोजक पक्षले आभार व्यक्त गरेको छ।