नुवाकोटको ऐतिहासिक सम्पदाको संरक्षणका लागि नेपाली सेनासँग सहकार्य गर्दै विदुर नगरपालिका



नुवाकोट, असार ६– नुवाकोटको ऐतिहासिक तथा पुरातात्विक महत्वका संरचनाहरूको संरक्षण, मर्मत तथा पुनर्निर्माणका लागि विदुर नगरपालिका–२ मा स्थलगत सर्वेक्षण सम्पन्न गरिएको छ। नगरप्रमुख राजन श्रेष्ठ ज्यूको अगुवाइमा गरिएको यस सर्वेक्षणमा नेपाली सेनाको बहादुर श्री शेर गण, र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डे सहितको टोली सहभागी भएको थियो।

कालिका, मालिका, ऐतिहासिक बारुदखाना र एकीकरण पदमार्ग जस्ता संरचनाहरूको अवस्थाअनुसार पुनर्निर्माण तथा संरक्षणको आवश्यकतालाई मध्यनजर गर्दै टोलीले प्रत्यक्ष निरीक्षण तथा आवश्यक तथ्याङ्क संकलन गरेको हो।

नेपाली सेनाले आगामी आर्थिक वर्षदेखि बारुदखानाको पुनर्निर्माण कार्य प्रारम्भ गर्ने लक्ष्य लिएको छ भने अन्य संरचनाहरूको संरक्षणको काम पनि चरणबद्ध रूपमा अगाडि बढाइने जनाइएको छ।

यो पहलले नुवाकोटको ऐतिहासिक धरोहरहरूको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्