विदुरको धरमपानी ढुङ्गे कुवाको पुर्ननिर्माण कार्यको स्थलगत अवलोकन



विदुर, असार ६– विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक महत्वको धरमपानी (ढुङ्गे कुवा)को पुनर्निर्माण कार्यको नगरप्रमुख राजन श्रेष्ठ द्वारा स्थलगत अवलोकन गरिएको छ।

लामो समयदेखि जीर्ण र लोप हुने अवस्थामा पुगेको यो ऐतिहासिक संरचनाको पुनःनिर्माण कार्य नगरपालिकाको पहलमा, मौलिक स्वरुप जोगाउँदै, पुरातात्विक महत्व कायम राख्ने गरी भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

उक्त कुवा विदुरको ऐतिहासिक र सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ, जसको संरक्षणले स्थानीय पहिचान र सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्