लिखु गाउँपालिकामा डेंगु नियन्त्रण अभियान सम्पन्न

नुवाकोट, असार ६ — लिखु गाउँपालिका–१ मा डेंगु रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। लिखु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा, खानिगाउँ स्वास्थ्य चौकी र वडा नम्बर १ कार्यालय तथा नर्थ स्टार स्कुलको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो।
“सबै जागौं, सबै लागौं — लामखुट्टेको बासस्थान नष्ट गरी डेंगु भगाऔं” भन्ने नारासहित सञ्चालित अभियानमा गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष शुभद्रा अधिकारी उप्रेती, वडा अध्यक्ष, स्वास्थ्य शाखा र स्वास्थ्य चौकी ढिकुरेका प्रतिनिधि, नर्थ स्टार स्कुलका प्रिन्सिपल, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो।
अभियानअन्तर्गत डेंगु रोगबारे जनचेतना फैलाउने कार्यसँगै लामखुट्टे पलाउने सम्भावित स्थानहरूको खोज तथा नष्ट गर्ने कार्य पनि गरिएको थियो।
कार्यक्रममा सहभागी सबैप्रति स्वास्थ्य शाखा, लिखु गाउँपालिकाले आभार व्यक्त गरेको छ।