लुम्बिनीमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस विशेष कार्यक्रम सम्पन्न



लुम्बिनी, असार ६ – नेपालस्थित भारतीय दूतावास र लुम्बिनी विकास कोषको सहकार्यमा लुम्बिनीमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती र युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

भारतका राजदूत नवीन श्री वास्तवले योगको विश्वव्यापी महत्व र लुम्बिनीको आध्यात्मिक सार उल्लेख गर्दै, यस्तो कार्यक्रम नेपाल–भारत सम्बन्ध सुदृढ गर्न सहयोगी हुने बताए।

५०० भन्दा बढी योग अभ्यासकर्ताको सहभागिता रहेको कार्यक्रम लुम्बिनीको शान्ति र सद्भावको सन्देशसँग समर्पित थियो।

यसै क्रममा, भोलि पोखरामा विशेष योग कार्यक्रम आयोजना हुने भारतीय दूतावासले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्