शनिबार नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने



नुवाकोट, असार ६ – नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले भोलि शनिबार विभिन्न स्थानमा विद्युत् लाइन कटिङ तथा मर्मत कार्य हुने भएकाले विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

प्राधिकरणको पहिलो सूचनाअनुसार बेलकोटगढी नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र ९ तथा ककनी गाउँपालिकाको वडा नम्बर ३ मा शनिबार बिहान ९:०० बजेदेखि १२:०० बजेसम्म विद्युत सेवा अवरुद्ध रहनेछ।

त्यसैगरी, दोस्रो सूचनाअनुसार पैँरीबेसी सबस्टेशनबाट सञ्चालित ३३ के.भी. लाइनको मर्मत तथा कटिङ कार्यका कारण किस्पाङ गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ (भाल्चे, फिकुरी, काउले, साल्मे र मनकामना), साथै बरचेत क्षेत्रमा समेत शनिबार बिहान ५:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले अस्थायी असुविधाप्रति ग्राहकहरूमा क्षमायाचना गर्दै समयअगावै काम सम्पन्न भएमा लाइन समयभन्दा अगाडि नै सुचारु गरिने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्