स्कटल्याण्डसँग पराजित हुँदै नेपाल दोस्रो स्थानमा



काठमाडौं,असार ७ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोली स्कटल्याण्डसँग ३४ रनले पराजित भएको छ। स्कटल्याण्डको इनभरलेथस्थित ग्रेन्ज मैदानमा शुक्रबार भएको खेलमा नेपालले १९४ रनको लक्ष्य पछ्याउँदै १८.५ ओभरमा सबै विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो।

नेपालका रुपेश सिंहले २२ बलमा ४३, दीपेन्द्र सिंह ऐरीले ३४, र कप्तान रोहितकुमार पौडेलले २७ रन बनाए। स्कटिश बलर क्रिस ग्रेभ्सले ३ विकेट र सफियान सरिफले २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनायो। जर्ज मन्सीले ७८ र ब्रण्डन मकमलनले ४२ रन बनाए। नेपालका कुशल मल्लले २ विकेट लिँदा सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेश सिंहले एक–एक विकेट लिए।

चार खेलमा २ जितसहित स्कटल्याण्ड रनरेटको आधारमा सिरिज च्याम्पियन बन्यो। समान २ जितसहित नेपाल दोस्रो र नेदरल्याण्ड्स तेस्रो स्थानमा रह्यो।

प्रतिक्रिया दिनुहोस्