दाउन्नेमा साँझदेखि बिहानसम्म सबै सवारी सञ्चालनमा रोक



नवलपरासी,असार ७ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास दाउन्ने खण्डमा ठुला र भारी सवारी सञ्चालनमा रोक लगाइएको छ । दाउन्ने खण्डमा सडक चिप्लो र डाइभर्सनमा गाडी फस्ने समस्या भएपछि सडक विभाग र प्रशासनले यस्तो निर्णय गरेको हो । 

निर्माणाधीन नारायणघाट-बुटवल सडकको दुम्कीबास स्थित विनयी खोला पुलको डाइभर्सन सडक बर्षाले बारम्बार बगाइरहेकोले  नयाँ पुल सञ्चालनमा नआउँदासम्म मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।दाउन्ने खण्डको केही स्थानहरूमा ग्राभेल राखेर सडक मर्मत गर्ने काम भइरहेको छ । 

आयोजनाले  सूचना जारी गर्दै यो सडक खण्डमा साँझ सात बजेदेखि बिहान पाँच  बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा समेत रोक लगाइएको छ । वैकल्पिक सडक प्रयोग गर्नु प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्