रवि लामिछानेको न्यायका लागि रास्वपा बलियो हुनु जरुरीः डा. स्वर्णिम वाग्ले



काठमाडौं,असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले पार्टी राजनीतिक रुपमा निर्णायक शक्ति नबनेसम्म संघर्ष जारी रहने बताएका छन्।

शनिबार पार्टीको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले रवि लामिछानेको न्यायका लागि पनि रास्वपा बलियो हुनु आवश्यक रहेको उल्लेख गरे।

उनले भने, “कानुनी लडाइँ त चलिरहन्छ, तर यो राजनीतिक प्रतिशोध पनि भएकाले राजनीतिक लडाइँ पनि लड्नुपर्छ। न्यायालयप्रति हाम्रो विश्वास अझै कायम छ।”

वाग्लेले रास्वपाले देशभर जनपरिचालन गर्ने बताए। “हामी कहिले रिबन बाँधेर, कहिले सडकमै उत्रिएर आवाज उठाउँछौं। पालिका–जिल्ला हुँदै हामी सघर्षलाई फैलाउँछौं,” उनले भने।

उनका अनुसार रास्वपा २०८४ को निर्वाचनमा देशको निर्णायक शक्ति बन्ने लक्ष्यमा अगाडि बढिरहेको छ। अहिलेको दुःखलाई राजनीतिक पुँजीमा परिणत गर्ने अभियानको शंखनाद भइसकेको उनको भनाइ थियो।

वाग्लेले रास्वपा एक भएर अघि बढे कुनै शक्तिले पनि रोक्न नसक्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्