नुवाकोट क्षेत्र नं १ मा प्रदेश सरकारको सशर्त अनुदान योजनामार्फत विकास बजेटको ओहिरो [विवरण]

नुवाकोट, असार ७ । वाग्मती प्रदेश सरकारको सशर्त अनुदान कार्यक्रमअन्तर्गत नुवाकोट क्षेत्र नं १ (१) मा पर्ने दुप्चेश्वर, पञ्चकन्या, शिवपुरी र तादी गाउँपालिकाका विभिन्न सामाजिक, शैक्षिक, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार क्षेत्रलाई समेट्ने गरी बहुआयामिक विकास योजनाहरू सञ्चालनमा ल्याइएका छन्। यस योजनामार्फत गाउँपालिकाहरूमा आवश्यकताअनुसार करिब १० करोड रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको छ।
दुप्चेश्वर गाउँपालिकामा अधुरो अवस्थामा रहेको वडा नं ६ को तरकारी संकलन केन्द्र निर्माण, संकीस्योंग खोला र होक्से बसेरी सिंचाइ आयोजना, प्रहरी चौकीको सुधार, सडक स्तरोन्नति तथा विद्यालयहरूमा शिक्षक र नर्सको व्यवस्थापनलगायत कार्यक्रमका लागि उल्लेख्य बजेट विनियोजन गरिएको छ। यस्तै, बालविवाह अन्त्य, अपाङ्गता भएका व्यक्तिहरूको पुनःस्थापना र बाबुआमा विहिन बालबालिकाको संरक्षण कार्यक्रमसमेत संचालन हुनेछन्।
पञ्चकन्या गाउँपालिकामा तरकारी संकलन केन्द्र, कृषि तथा पशुपालन प्रवर्द्धन, खानेपानी तथा सडक योजनाहरू सञ्चालनमा आउने छन् भने, भद्रुटार स्वास्थ्य चौकी सुदृढीकरण र शिक्षा तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमहरूमा समेत बजेट विनियोजन गरिएको छ। त्यस्तै, शिवपुरी गाउँपालिकामा दूध उत्पादन प्रोत्साहन, खानेपानी, मोटरबाटो स्तरोन्नति, अस्पताल तथा स्वास्थ्य इकाइ सुदृढीकरण, शिक्षक र नर्स तलब भत्ता तथा सामाजिक समावेशी कार्यक्रमहरू सञ्चालन गरिनेछ।
त्यस्तै, तादी गाउँपालिकामा कृषि सडक, रैथाने बाली र ट्राउट प्रवर्द्धन, सिंचाइ तथा खानेपानी आयोजना, तामाङ संस्कृति भवन, अस्पताल सुदृढीकरण, शिक्षक र नर्स भत्ता तथा बालबालिका संरक्षणका कार्यक्रमहरू समावेश गरिएको छन्। यी योजनाहरूबाट स्थानीय तहमा पूर्वाधार सुदृढीकरणसँगै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।
यसै सन्दर्भमा वाग्मती प्रदेश सभा सदस्य तथा पूर्व उपसभामुख राधिका तामाङले बजेटको सदुपयोग अनिवार्य रहेको बताउँदै योजनाको कार्यान्वयनमा सबै चनाखो बन्नुपर्ने धारणा राखेकी छन्। उनले कतिपय बजेट ‘सेटिङ’ प्रणालीमार्फत निर्धारण हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य नभएसम्म विकासको वास्तविक अनुभूति सम्भव नरहने स्पष्ट पारेकी छिन्। तामाङले जनप्रतिनिधिहरूले योजनाको नाम मात्रै तोक्ने हैन, त्यसको गुणस्तरीय कार्यान्वयन र अनुगमनमा पनि गम्भीर हुनुपर्नेमा जोड दिइन्।
विनियोजित बजेटहरू पारदर्शी ढंगले कार्यान्वयन गर्दै स्थानीय तहमा जनताको प्रत्यक्ष जीवनस्तर उकास्न यस्ता योजनाहरू टेवा पुग्ने विश्वास प्रदेश सरकारले व्यक्त गरेको छ।
बजेट विवरण हेर्नुस्:-
• दुप्चेश्वर गाउँपालिका (कुल योजनाहरू: १२+)
१. तरकारी संकलन केन्द्र निर्माण (वडा नं ६) – १० लाख
२. संकीस्योंग खोला मुहानबाट मुसाङ सिंचाइ आयोजना (वडा ४) – २५ लाख
३. होक्से बसेरी सिंचाइ आयोजना (वडा ६) – २५ लाख
४. समुन्द्रटार प्रहरी चौकीको सुधार (वडा ६) – १० लाख
५. रामती तल्लो बजार सडक स्तरोन्नति – ५० लाख
६. बतिस्योङ–लुक्ली–आगराग सडक सुधार (वडा ४) – २५ लाख
७. माध्यामिक तहका विद्यालयमा शिक्षक सहयोग अनुदान – ४५ लाख ४४ हजार
८. बाबुआमा विहिन बालबालिका संरक्षण – ४८ हजार
९. अपाङ्ग पुनःस्थापना कार्यक्रम – ३ लाख
१०. बालविवाह अन्त्य समुदाय परिचालन – १ लाख ५० हजार
११. विद्यालय नर्स तलब भत्ता – ३८ लाख ८० हजार
१२. स्थानीय न्यायिक सहजकर्ता कार्यक्रम – २ लाख ३१ हजार
• पञ्चकन्या गाउँपालिका (कुल योजनाहरू: ११)
१. तरकारी संकलन केन्द्र सहयोग (वडा २) – १५ लाख
२. कृषि तथा पशुपन्छी प्रवर्द्धन (वडा १) – १० लाख
३. बांगेसिङ मुहान डाँडाथोक–थाटिभन्ज्याङ खानेपानी (वडा २) – २५ लाख
४. स्थानीय न्यायिक सहजकर्ता कार्यक्रम – २ लाख ३१ हजार
५. कल्छे–ढाटी–महाकाली सडक योजना – ३० लाख
६. सालघारी–कंकेश्वरी–कार्किटोल सडक – २५ लाख
७. शिक्षक सहयोग अनुदान – ३४ लाख ८ हजार
८. अपाङ्ग पुनःस्थापना – ३ लाख
९. बालविवाह अन्त्य कार्यक्रम – १ लाख ५० हजार
१०. विद्यालय नर्स तलब भत्ता – ३३ लाख ९५ हजार
११. भद्रुटार स्वास्थ्य चौकी सुदृढीकरण (वडा ५) – १० लाख
• शिवपुरी गाउँपालिका (कुल योजनाहरू: १२)
१. दूध उत्पादन प्रोत्साहन – १० लाख
२. पालिका-स्तरीय WASH प्लान निर्माण – २५ लाख
३. थामखोला–देविस्थान–पोखरी–साल्के खानेपानी (वडा १) – २५ लाख
४. स्थानीय न्यायिक सहजकर्ता कार्यक्रम – २ लाख ३१ हजार
५. माख्लो गुर्जे–ट्राउट फार्म सडक स्तरोन्नति – ५० लाख
६. नेवारपानी गुम्बा मोटरबाटो स्तरोन्नति – २५ लाख
७. शिक्षक सहयोग अनुदान – २८ लाख ४० हजार
८. अपाङ्ग पुनःस्थापना – ३ लाख
९. बालविवाह अन्त्य – १ लाख ५० हजार
१०. विद्यालय नर्स तलब भत्ता – २९ लाख १० हजार
११. आधारभूत अस्पताल सुदृढीकरण – २० लाख
१२. सामुदायिक स्वास्थ्य इकाई सुदृढीकरण (वडा ६) – १० लाख
• तादी गाउँपालिका (कुल योजनाहरू: १७)
१. गराबोट–बेलबारी–पोखरी कृषि सडक (वडा २) – १५ लाख
२. बाह्रबिसे–पञ्चकन्या–आँपटारी कृषि सडक (वडा २) – २० लाख
३. कोषगाडे–शेरा फाँट–पण्डितटोल कृषि सडक (वडा २) – २० लाख
४. रैथाने बाली प्रवर्द्धन कार्यक्रम – २० लाख
५. ट्राउट माछा प्रवर्द्धन – ५ लाख
६. दूध उत्पादन प्रोत्साहन – ५ लाख
७. बाख्रे खोला सिँचाइ आयोजना (वडा २) – २५ लाख
८. खरानिटार खानेपानी आयोजना (वडा ३) – २५ लाख
९. स्थानीय न्यायिक सहजकर्ता कार्यक्रम – २ लाख ३१ हजार
१०. तामाङ संस्कृति भवन निर्माण – २५ लाख
११. डाँडागाउँ–सिम्लेमोड सडक (वडा २,३) – ५० लाख
१२. शिक्षक सहयोग अनुदान – २२ लाख ७२ हजार
१३. अपाङ्ग पुनःस्थापना – ३ लाख
१४. बालविवाह अन्त्य – १ लाख ५० हजार
१५. विद्यालय नर्स तलब भत्ता – २४ लाख २५ हजार
१६. बाबुआमा विहिन बालबालिका संरक्षण – ४८ हजार
१७. खरानिटार अस्पताल सुदृढीकरण – २० लाख
नुवाकोट क्षेत्र नं १(१)मा वाग्मती प्रदेश सरकारवाट विनियोजित वजेट समपुरक अनुदान,विशेष अनुदान तर्फको योजनाहरुको शिर्षकहरु:
समपुरक अनुदान तर्फ:
. दुप्चेश्वर गाउँपालिका:-
१.कटुवा खोला वडा कार्यालय सेराङ सडक स्तरोन्नती वडा नं -७, ६३ लाख।
२.बोलगाउँ ढाडेँ बेप्चो सडक स्तरोन्नती वडा नं २, ६३ लाख।
३.राम्चे डाडा पर्यटकीय पार्क वडा नं ५, ६६ लाख।
. तादि गाउँपालिका:-
१.दोर्खु पुल हुदै धन्सार माने डाडा सडक वडा नं-१, ६० लाख।
२.जिरोकिलो बाहुनवेशी नर्जामण्डप सडक वडा नं ५, १ करोड २० लाख
. पन्चकन्या गाउँपालिका:-
१.बुढिसेरा फुर्केसल्ला नेवारपानी सोह्र माने हुदै गाउँपालिका जोड्ने सडक स्तरोन्नती वडा नं ५, १ करोड।
२.टोड्केभन्ज्याङ मंगला मा बि सातबिसे सडक स्तरोन्नती वडा नं ४, १ करोड।
. शिवपुरी गाउँपालिका:-
१.सित्तलपाटी भट्टाडाँडो सत्तरी सडक स्तरोन्नती वडा नं ८, १ करोड २० लाख।
२.हिल्चे बिसौना चिसापानी सडक स्तरोन्नती वडा नं १, १ करोड २० लाख।
३.अर्खौले चनभुमे आ.बि पाठकथोक वडा कार्यालय सडक स्तरोन्नती वडा नं ६, १ करोड १४ लाख।
• विशेष अनुदान तर्फ:
१.दुप्चेश्वर बृहत खानेपानी आयोजना दुप्चेश्वर गा.पा. ६५ लाख।
२.पुरानो गाउँपालिकाको कार्यलय, इलाका प्रहरी कार्यालय, पन्चकन्या दश शैयाको अस्पताल, पुरानो प्रहरी चौकी टोलमा खानेपानी पन्चकन्या वडा नं ३, ४० लाख।
३.शहिद स्मारक पर्यटकीय पार्क तथा खेलमैदानको लागि खानेपानी व्यवस्थापन पन्चकन्या गाउँपालिका वडा नं ४, ३० लाख।
४.खरानीटार अस्पताल स्तरोन्नती तादी गाउँपालिका वडा नं ३, ३५ लाख।
५.सुन्दरा मा.बि पुर्वाधार सुधार म स्तरोन्नती तादी गाउँपालिका वडा नं १, ३० लाख।
६.चापाबोट आ.बि सुधारका लागि पुर्वाधार निर्माण कार्यक्रम शिवपुरी वडा नं २, ६५ लाख।