घ्याङस्वारा पर्यटकीय पार्कमा चिया बिरुवा रोपण कार्यक्रम सम्पन्न



नुवाकोट, असार ७ । पञ्चकन्या गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य घ्याङस्वारा पर्यटकीय पार्कमा चिया बिरुवा रोपण कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ र उपाध्यक्ष विमला केसीले चियाको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा रोजगार संयोजक सरोज केसी सरोवर, सूचना प्रविधि अधिकृत सुवास विक, वडा अध्यक्ष सञ्च तामाङ, प्राविधिक सहायक कपिल शाह लगायत जनप्रतिनिधि र पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सूचीकृत बेरोजगार युवाहरूको उल्लेखनीय सहभागिता रह्यो। आयोजनामार्फत स्थानीय रोजगारीको अवसर सिर्जना हुनुका साथै कृषि र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्