भारतको उत्तराखण्डबाट ३५ नेपालीको उद्धार



भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीको उद्धार गरेको छ । 

आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डको काशीपुर पुर्‍याई बन्धक बनाइएका ३५ जना नेपालीको उत्तराखण्ड प्रहरी र किन इन्डिया (Kin India ) को सहयोगमा उद्धार गरिएको दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उत्तराखण्ड प्रहरीले उक्त आरोपमा केही व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको र उद्धार गरिएको व्यक्तिलाई नेपाल पठाइने दूतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्