बर्दियामा २ सय २६ किसानलाई कृषिऔजार वितरण



बर्दिया,असार ८ । बर्दियाको बारबर्दिया नगरपालिकाले २ सय २६ जना किसानलाई ५० प्रतिशत अनुदानमा पावर ट्रेलर, मिनिपावर ट्रिलर र सिँचाइ मोटर वितरण गरेको छ।

८७ पावर ट्रेलर, १०० मिनिपावर ट्रेलर र ३९ सिँचाइ मोटरसहितको सामग्री वितरण गर्न नगरपालिकाले २ करोड ४४ लाख खर्च गरेको हो, जसमा आधा लागत किसानले स्वयं वहन गरेका छन्।

नगरप्रमुख छबिलाल थारूले आधुनिक कृषि प्रणालीतर्फ रुपान्तरण गर्न यस्ता कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गरे। प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाईंले उपकरणको दीर्घकालीन उपयोगमा जोड दिए । कृषिऔजार पाएपछि किसानहरू हर्षित देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्