रसुवाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्टेसनरि सहित रेनकोट वितरण



रसुवा,असार ८ । गुरुङ तथा तामाङ जातिहरूको बसोबास रहेको रसुवाको नौ कुण्ड गाउँपालिका पाँचमा संन्चालित एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई इनरह्लिल क्लब अफ बागमतीले स्टेससनरि सहित रेनकोट वितरण गरेको छ ।

सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक उपलब्धिमा सहयोग पुगोस् भन्दै बागेश्वरी माध्यमिक विद्यालयका एक सय एकाउन्न छात्रछात्रालाई वितरण गरेको हो । कक्षा एक देखि दश कक्षा सम्म अध्ययन गर्ने गरिब तथा जेहनदार बिध्यार्थीहरुलाई झोला जुत्ता मोजा तथा स्टेससनरि प्रदान गरेको थियो भने संस्थाले अभिभावकहरू मध्ये महिलाहरूको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको थियो ।

यसैगरि संस्थाले विद्यार्थीसँग मित्रता कार्यक्रम आयोजना गरी विद्यालय प्रागङ्मा बिरुवा रोपण समेत गरेको इनरह्लिल क्लब अफ बागमतीका पूर्व अध्यक्ष रिता घिमिरे बताए ।

शैक्षिक गुणस्तरका लागि उचित शिक्षा सहित आवश्यक शैक्षिक सामग्री समेत आवश्यक हुने भएकाले संस्थाले रसुवाका अन्य विद्यालयमा पनि झोला लगायतका सामग्री वितरण गर्दै आएको उनले बताए ।

क्लबका सदस्यले आफूहरूले कमाएको केही प्रतिशत शिक्षा लगायत सामाजिक कार्यमा खर्च गर्ने उद्देश्य अनुसार विद्यार्थीलाई झोला र स्टेसनरी सामग्री वितरण गरेको हो ।

विद्यार्थीलाई झोला र स्टेसनरी सामग्री वितरणले अभिभावक तथा बिध्याथीहरुलाई सामुदायिक विद्यालय तर्फको आकर्षण बढाउन यस खालको सहयोगले थप मद्दत पुराएको विद्यालयका प्रधानाध्यापक नवराज ढुङ्गानाले बताए ।

प्रतिक्रिया दिनुहोस्