पञ्चकन्या रास्वापाद्वारा गाउँपालिकालाई गम्भीर ध्यानाकर्षण



नुवाकोट, असार ९— पञ्चकन्या गाउँपालिका, लाकुरी भन्ज्याङमा आर्थिक वर्ष २०८२/८३ को बजेट नीति तथा कार्यक्रमको सन्दर्भमा आयोजित कार्यक्रममा गरिमा विपरीत व्यक्तिको विशेष आमन्त्रण तथा प्रस्तुति भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पञ्चकन्या गाउँपालिका कार्यलयले गम्भीर आपत्ति जनाएको छ।

रास्वपाका तर्फबाट सभापति निलकण्ठ मिश्रद्वारा जारी विज्ञप्तिमा कार्यक्रमको आयोजना गर्दा गाउँपालिकाको मर्यादा र पार्टीको हैसियत विपरीत कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ। विज्ञप्तिमा उल्लेख गरिएको छ कि कार्यक्रममा आमन्त्रण गरिएका व्यक्तिहरू पार्टीको सदस्य नभएको र उनीहरूले गैर–सामाजिक तथा गैर–कानूनी कार्यमा संलग्नता जनाएका कारण यस्तो गतिविधिलाई स्वीकार गर्न नसकिने जनाइएको छ।

साथै, विज्ञप्तिमा भविष्यमा यस्ता कार्य दोहोरिएमा सम्बन्धित निकाय तथा व्यक्तिहरूविरुद्ध नियमअनुसार कारबाहीको माग गरिएको छ। पार्टीले गाउँपालिकाको मर्यादा कायम राख्न र पार्टीको प्रतिष्ठा जोगाउन सबै पक्षलाई सचेत गराएको छ।

रास्वपा, पञ्चकन्या गाउँपालिकाले यस्तो गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै सार्वजनिक रूपमा खण्डन गरेको छ।

प्रतिक्रिया दिनुहोस्