प्रतिनिधिसभा बैठक सुरू, भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाको विरोध जारी



काठमाडौँ, असार ९ – प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेका छन्।

आजको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गर्दा संसद्मा प्रतिपक्ष दलहरूको आवाज दबाउने प्रयास भइरहेको आरोप लगाए ।

रास्वपाले आजको बैठकमा पनि उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने माग दोहोर्‍याएको छ।

दुवै दलले सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै घटनाको गम्भीरताका आधारमा निष्पक्ष अनुसन्धानको माग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्