विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेद्वारा ह्विप जारी



काठमाडौं, असार ९ —नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सबै सांसदहरूलाई ह्विप जारी गरेको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सांसदलाई अनिवार्य रूपमा संसद्मा उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइएको छ।

सरकारद्वारा गत जेठ १५ गते संघीय संसद्मा पेस गरिएको विनियोजन विधेयक, २०८२ भोलि मंगलबार प्रतिनिधिसभाको बैठकमा पारित गर्न प्रस्तुत गरिने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्