चितवनमा चोरी नियन्त्रणमा प्रहरी सक्रिय, दुई महिनामा ३० जना पक्राउ



चितवन,असार १० । चितवन जिल्लामा पछिल्लो दुई महिनाको अवधिमा १८ वटा चोरीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलनमार्फत चोरीसम्बन्धी घटनाको विवरण सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार, चालु आर्थिक वर्षको वैशाखदेखि असारको पहिलो सातासम्म चोरीका १८ वटा मुद्दा दर्ता भएका थियो । यिनै घटनासँग सम्बन्धित अनुसन्धानको क्रममा हालसम्म ३० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिए ।

पक्राउ पर्नेमा २५ जना पुरुष र ५ जना महिला रहेका छन् । प्रहरीले पछिल्लो चरणमा पक्राउ परेका थप ५ जनालाई समेत सोमबार सार्वजनिक गरेको थियो ।

एसपी पुरीका अनुसार, चोरीका घटनामा संलग्नहरुको पहिचान, पक्राउ तथा आवश्यक कानुनी कारबाहीका लागि विशेष निगरानी, गोप्य सूचना संकलन र प्राविधिक अनुसन्धानमार्फत अभियान जारी राखिएको छ ।

प्रहरीले सर्वसाधारणलाई सतर्क रहन र शंकास्पद गतिविधि देखेमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी हेल्पलाइनमा जानकारी गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्