विदुर नगरपालिकाद्वारा फलफूल खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई सामग्री वितरण



विदुर, असार १० । विदुर नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत “फलफूल खेती प्रवर्द्धन कार्यक्रम” मार्फत योग्य किसानहरूलाई फलफूल खेतीका लागि आवश्यक सामग्री वितरण गरेको छ।

सार्वजनिक सूचना प्रकाशनपछि प्राप्त ३९ जना आवेदक किसानमध्ये स्थलगत अवलोकनको आधारमा छनोट गरिएका २७ जना किसानलाई ५० प्रतिशत लागतमा नगरपालिकाको साझेदारीमा फलफूलका विरुवा, विषादी छर्किने स्प्रेयर, कटिङ्गका लागि सिकेचर (कैची), हाते करौती, सिचाइ पोखरी तथा सिचाइ पाइप वितरण गरिएको हो।

उक्त कार्यक्रमको सुरुवात नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल, विषयगत शाखा प्रमुखहरू, लाभग्राही किसानहरू र सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत कृषकहरूको उत्पादन वृद्धि र फलफूलखेतीको दिगो प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्