१४ जना कृषकलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ प्रदान

काठमाडौँ, असार १० । — कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा राष्ट्रपतिको समुपस्थितिमा आज “राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार” वितरण गरिएको छ। राजधानीस्थित राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशका १४ जना उत्कृष्ट कृषकलाई सम्मान गरेका हुन्।
प्रदेशगत रूपमा एक प्रदेशबाट दुई जना प्रतिनिधित्व हुने गरी छनोट गरिएका कृषकहरूलाई जनही दुई लाख रुपैयाँ सहित सम्मान गरिएको हो।
राष्ट्रपतिले पुरस्कार वितरण गर्दै कृषकहरूको योगदानलाई आत्मनिर्भर, उत्पादनमुखी र आधुनिक कृषि प्रणालीतर्फको महत्त्वपूर्ण मार्गदर्शन भएको बताए। उहाँले कृषकहरूको सफलताले विशेष गरी युवाहरू, महिलाहरू र साना कृषकहरूलाई प्रेरणा दिने विश्वास व्यक्त गरे।
पुरस्कृत कृषकहरूको विवरण यसप्रकार छ:
कोशी प्रदेश:
सुरेश कुमार मेहता (आर्य कृषि फर्म)
रमेश साह (रमेश कृषि फर्म)
मधेस प्रदेश:
भरत कुमार यादव (शम्भुनाथ माछा फर्म)
हिरा बहादुर थापा मगर (निजगढ केरा एग्रीकल्चर)
बागमती प्रदेश:
चेत प्रसाद ढकाल (कालिका पशु विकास केन्द्र)
दयाराम मचामसि (ग्रीनलाइन एग्रो प्राली)
गण्डकी प्रदेश:
छिरिङ ढोका गुरुङ (ङवाङ हिसी कृषि तथा पशुपन्छी फर्म)
बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म)
लुम्बिनी प्रदेश:
जयपाल मौर्य (खाध्यान्न वाली)
सुवास कुर्मी (शान्ती उन्नत पशुपालन तथा माछा फर्म)
कर्णाली प्रदेश:
गोविन्द ओली (तरकारी खेती)
भरतनाथ योगी (सुन्तला खेती)
सुदूरपश्चिम प्रदेश:
प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म)
लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म)
कार्यक्रमले कृषि पेशालाई सम्मानित, सम्भावनायुक्त र भविष्यदृष्टि भएको पेसाको रूपमा स्थापित गर्न थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।