म्यागङ गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न, ४४ करोड बढीको बजेट पारित



नुवाकोट,असार १० । म्यागङ गाउँपालिका, नुवाकोटको १६ औँ गाउँसभा अधिवेशन भव्यताका साथ सुसम्पन्न गरिएको छ।

गाउँपालिका सभाहलमा आयोजित अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ४४ करोड ४६ लाख ११ हजार ३३ बराबरको वार्षिक बजेट विनियोजन गरिएको हो। साथै गाउँपालिकाले नीति तथा कार्यक्रम, आर्थिक ऐन र विनियोजन ऐनको पनि प्रस्तुती गरेको छ।

गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले स्थानीय विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको जनाइएको छ। गाउँपालिका अध्यक्षको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष, वडाध्यक्ष, सदस्य, कर्मचारी, सरोकारवाला निकाय र आम नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।

गाउँपालिकाले आगामी वर्षलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्