पञ्चकन्या गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न, ४३ करोड ७३ लाखको बजेट सर्वसम्मत पारित



पञ्चकन्या, असार १० गते। पञ्चकन्या गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन मिति २०८२ असार १० गते अध्यक्ष तेज बहादुर तामाङको सभाध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनमा प्रस्तुत भएको आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम, बजेट, आर्थिक ऐन र विनियोजन ऐन सर्वसम्मतिले पारित गरिएको छ।

यस वर्षको लागि गाउँपालिकाले कुल रु. ४३ करोड ७३ लाख ६७ हजारको बजेट विनियोजन गरेको छ। सभा सम्पन्न कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, सदस्य, कर्मचारी, नागरिक समाजका प्रतिनिधि लगायतको सक्रिय उपस्थिति रहेको थियो।

अधिवेशनले आगामी वर्षका विकास योजनालाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी सिर्जना तथा डिजिटल सेवा प्रवर्द्धनजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्ने नीति अंगिकार गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्