त्रिभुवन राजपथको लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक दुई दिनका लागि बन्द हुने



मकवानपुर,असार ११ — त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्डमा दुई दिन सवारी आवागमन बन्द हुने भएको छ।

सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार मकवानपुरको रानी भञ्ज्याङ मोडमा सडक मर्मत र ह्युम पाइप विछ्याउने कार्य हुने भएकाले शुक्रबार र शनिबार दिउँसो १२ देखि ४ बजेसम्म सवारी चलाउन रोक लगाइएको हो।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेलका अनुसार काम सम्पन्न गर्न अस्थायी रूपमा आवागमन बन्द गरिएको हो।

प्रतिक्रिया दिनुहोस्