प्रथम वडास्तरीय भेट्रान कप फुटबल प्रतियोगिता त्रिशूलीमा सुरु

त्रिशूली, असार ११ – त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको आयोजना र विदुर नगरपालिका–१ वडा कार्यालयको संरक्षकत्वमा सञ्चालनमा ल्याइएको प्रथम वडास्तरीय भेट्रान कप फुटबल प्रतियोगिता–२०८२ को भव्य सुरुवात गरिएको छ।
प्रतियोगिताको उद्घाटन विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले गरे । उद्घाटन सत्र तथा खेल अवलोकनका लागि उपप्रमुख प्रभा बोगटी, वडा नं १ का अध्यक्ष लेनिन रञ्जित, साथै नगरपालिकाका अन्य वडाध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सरोकारवाला व्यक्तिहरू र खेलप्रेमी नगरबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिता भव्य वातावरणमा शुभारम्भ गरिएको हो भने यसले स्थानिय तहमा खेलकुदको विकास, स्वास्थ्यप्रद जीवनशैलीको प्रवर्द्धन र आपसी सद्भाव बढाउने अपेक्षा गरिएको छ।