लागू औषध विरुद्ध विदुरमा जनचेतनामूलक प्रभातफेरी सम्पन्न



नुवाकोट, असार १२ ।‘लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२५’ को अवसरमा नुवाकोटमा जनचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त आयोजना तथा विदुर नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा नगरप्रमुख श्री राजन श्रेष्ठको नेतृत्वमा नगरका जनप्रतिनिधि र कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले लागू औषध दुरुपयोग र ओसारपसार विरुद्धको अभियानमा नगरपालिकाको तर्फबाट निरन्तर सहयोग र प्रतिबद्धता जनाएका छन् । उनले युवापुस्तालाई स्वस्थ जीवनशैली र नकारात्मक प्रवृत्तिबाट जोगाउन सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रमले लागू औषधसम्बन्धी चेतना अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्