विदुर-६ मा अनिवार्य तथा निःशुल्क शिक्षा लागु

नुवाकोट ,असार १२— विदुर नगरपालिका–६ लाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा गरिएको छ।
वडाध्यक्ष श्यामकृष्ण चालिसेले एक सार्वजनिक कार्यक्रममार्फत वडामा अबदेखि सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा सुनिश्चित गरिएको घोषणा गरे।
उनले शिक्षा नै समृद्धिको आधार भएको उल्लेख गर्दै वडामा शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न थप कार्यक्रम सञ्चालन गरिने बताए।
घोषणासँगै बालबालिकालाई विद्यालयसम्म पुग्न प्रोत्साहन गर्ने, आर्थिक अभावमा अध्ययन रोकिएका विद्यार्थीको सहयोग तथा अभिभावक सचेतना अभिवृद्धि गर्ने योजना वडाले अघि सारेको छ।
शिक्षा क्षेत्र सुधारका लागि वडा कार्यालयको यो पहलले स्थानीयस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।