नुवाकोटमा असार १५ गते धान रोपाइँ विशेष कार्यक्रम हुँदै

नुवाकोट, असार १२ – राष्ट्रिय धान दिवस २०८२ को अवसरमा अखिल नेपाल किसान महासंघ नुवाकोट जिल्ला कमिटीको आयोजनामा आगामी असार १५ गते विशेष धान रोपाइँ कार्यक्रम आयोजना गरिने भएको छ।
“धानबालीमा शघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नारासहित हुन गइरहेको कार्यक्रम थानीसिङ पार्टी कार्यालय परिसरमा बिहान ११ बजे सुरु हुने जानकारी आयोजकले दिएका छन्।
कार्यक्रममा अखिल नेपाल महिला संघ नुवाकोट जिल्ला समिति, नेकपा एमाले लिखु गाउँपालिका समिति लगायतको सह-आयोजनामा किसान, जनप्रतिनिधि तथा स्थानीयवासीको सक्रिय सहभागिता रहनेछ।
कार्यक्रममार्फत उत्पादन वृद्धिसँगै कृषिमा आत्मनिर्भरता र कृषकप्रति सम्मान अभिवृद्धि गर्ने उद्देश्य लिएको बताइएको छ।