पासाङल्हामु मार्ग अन्तर्गत रसुवाको बनुवा घुम्तीमा सडक अवरुद्ध

रसुवा,असार १३ । गए राति परेको अविरल वर्षाले पासाङल्हामु मार्ग अन्तर्गत रसुवाको बनुवा घुम्तीमा सडक अवरुद्ध भयको छ ।
उत्तरगया गाउँपालिका–५ स्थित माझ गाउँ र बनुवा घुम्ती बिचको सडकमा नाली बाट आएको पानी निमार्णधिन सडकमा जाँदा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा यस क्षेत्र बाट आवतजावत गर्ने सबै खाले सवारी साधन रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाले अत्यावश्यक सवारी साधनहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।
सवारी साधन जिरो किलोबाट धारा पानी हुँदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुँदै जान आउन सक्ने प्रहरीले जनाएको छ ।विगत तीन वर्ष अघि सोहिठाँउमा पहिरो गई सडक अवरुद्ध भएको थियो भने सडक डिभिजन कार्यालय नुवाकोटले करोडौँ रुपैयाँ खर्च गरी सो क्षेत्रमा ग्याबिन लगाउने काम गरी रहेको छ ।