बिर्तामोडमा चिया–नास्ता पसलमा आगलागी, श्रीमतीको संलग्नता आशंका

झापा, असार १३ – झापाको बिर्तामोड–१ स्थित बिर्तासिटी अस्पताल नजिकको एक चिया–नास्ता पसलमा आज अपराह्न आगलागी भएको छ। प्रहरीका अनुसार बलभद्र प्रसाईद्वारा सञ्चालित सो पसलमा उनकी ३८ वर्षीया श्रीमती सोइता प्रसाईंले मादक पदार्थ सेवनपछि झगडाको क्रममा पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
फरार अवस्थामा रहेकी सोइतालाई प्रहरीले खोजी गरिरहेको छ। आगलागी स्थानीयवासी र बिर्तामोड नगरपालिकाको सहयोगमा २० मिनेटमै नियन्त्रणमा लिइएको थियो।
प्रहरीका अनुसार आगलागीबाट खाजा–नास्ता, भाँडाकुँडा, फ्रिजलगायत सामग्री जलेर करिब रु २ लाख ५० हजार बराबरको क्षति भएको छ।